Thursday 09 April, 2020

महिला हिंसा विरुद्ध १६ दिने अभियान : आलोचनात्मक समीक्षा

महिला हिंसा विरुद्ध १६ दिने अभियान : आलोचनात्मक समीक्षा

अहिले हामी धुमधाम सँग महिला हिंसाको विरुद्ध १६ दिने अभियानमा व्यस्त छौ । महिला अधिकारकर्मीहरु अनि महिला अधिकारको लागि वकालत गर्ने पुरुषहरु पनि यो अभियानमा व्यस्त छन् ।
उनीहरुको लागि यो ठूलो चाड हो । यस्तो चाड जसले आफूलाई सम्पूर्ण कुराहरु प्रदान गरेको छ । फेसबूकका वालहरु ठूला ठूला सन्देशहरु बाटँ भरिएका छन् । अधिकारवादी हरुलाई सभा र सम्मेलनमा सहभागी हुन भ्याई नभ्याई छ । बिकासे संस्थाहरु आई एन जी ओ र गैर सरकारी संस्थालाई परियोजना प्रस्ताव तयार गर्ने हतारो छ । गहिरिएर हेर्दा यस अभियानमा लाग्नेको संस्था ठूलो नै रहेको छ । अन्य कार्यको अलावा महिला शोषण र महिला अधिकार बारे लाग्ने संस्थाहरुको हिंसा पनि ठूलो हुन आँउछ । विदेशी दाताहरुले पनि रकम उपलब्ध गराएका छन् । माहौल हेर्दा लाग्छ हामीले यस अभियानबाट अभूतपूर्व सफलता हासिल गरेको आभास हुन्छ । मानौ राष्ट्र महिला हिंसा अन्यको संघारमा पुगि सकेको छ ।

विगत दुई दशक भन्दा बढी समय देखि हामीले गरेका कार्यहरुको उपलबधी के भयो त ? यस क्षेत्रमा अरबौ रकम खर्च भई सकेको छ । आशातीत उपलब्धी हासिल भएको छ त? बीस वर्ष भन्दा बढी समय खर्चेर पनि हामी महिला हिंसा विरुद्धको १६ दिने अभियानमा लागि रहनु परेको छ । के यो हाम्रो असफलता होइन र ? परिवर्तनको लागि २० वर्ष भनेको चानचुने समय होइन । विगत २० वर्षमा चीनले आर्थिक क्षेत्रमा अभूपूर्व प्रगति गरेर देखाई सक्यो भने अन्य कैयौ  राष्ट्हरुले ठूलो  फड्को मारेका छन् । तर नेपालमा न हामीले  आर्थिक प्रगति नै गर्न सक्यौ न त सामाजिक क्र्रान्ती नै ।  यसको लागि थुप्रै सरोकारवालाहरु जिम्मेबार होलान् तर हामी विकासवादीहरु प्नि अछुतो छैनौ । 

विगतमा भन्दा बढी महिला हिसांको घटना सुनिन आएको छ । बलात्कार र जबरजस्ती करणीको प्रयास तथ्याङ्क हेर्दा बढेको देखिन्छ । समाचारमा नआएका घट्नाहरु यो भन्दा कैयौ गुणाले धेरै रहेको कुरा सबैलाई थाहा भएको कुरा हो । छौपडी प्रथा उन्मूलनको नाममा हाम्रा टाठा बाठा संस्थाहरुले विदेशबाट रकम ल्याए तर सदरमुकाम बाँट २–३ घन्टाको दूरीमा यसमा कुनै परिवर्तन आएको पाइदैन । केही समय अघि अछामको पायल गाउँमा विकासे कामको शिलशि

लामा पुगेको थिए । साँफे बजारबाट तीन घन्टाको दूरीमा रहेको पायल गाँउ हेर्दा लाग्थ्यो यहाँ १६ दिन अभियानले केही असर पारेको छैन ।अधिकांश पुरुष बाध्यताले भारततिर लागेका छन् भने गाउँमा रहेका महिलाहरुलाई आफनो दैनिक गुजारामा नै व्यस्त छन् । विधालयको पर्खालमा र पुरानो गा.वि.स. भवनमा काठमाण्डौ

मा निकै नाम चलेको संस्थाको नाम सहितको व्यानरमा छौपडी विरुद्घ शानदार नाराहरु लेखिएका छ । तर स्थानीयहरुसंग कुरा गर्दा छौपडी अहीले पनि कायम छ र यसमा कुनै परिवर्तन आएको छैन । उक्त कार्यक्रममा संलग्न एकजना सामाजिक परिचालकले केही वर्ष अगाडी २ दिने गोष्ठि संचालन भएको कुरा बताइन । महिलाहरु सहभागी भए, ताली पड्काए, खाजा खाए, गोष्ठि सकियो । गैससका साथीहरुले फोटो खिच्नु भयो । त्यसपछि यो गाउँमा अरु केही भएको छैन । छाउ प्रथा अहिले पनि जारी छ महिलाहरु अहिले पनि शोषित छन् ।

पायल गाँउ हाम्रो असफलताको एउटा ज्वलन्त उदाहरण हो । बर्ष देखि समाजमा रहेको प्रथालाई २ दिनको गोष्ठिले निदान गर्न खोज्नु दीवास्वपन हो ।  यो कुरा गैर सरकारी संस्थाहरुमा कार्यरत व्यक्तिहरुलाई थाहा नभएको चाही होइन । मैले धेरै संग यस बारेमा अनौपचारीक छलफल गरेको छु । प्राय सबै जसो यो कुरामा सहमत छन् की यस प्रकारको आंशिक प्रयासबाट आमूल परिवर्तन कदापी संभव छैन । तर हामी सबै चुपचाप छौ । बुझेर पनि बुझ पचाइरहेका छौ । समाजमा अपेक्षित र अपहेलितको असफल वकालत गर्दै हामी विदेश पुगेका छौ । हाम्रा दाताहरुले संस्था चलाउन रकम प्रदान गरिरहेका छन् । अनि धेरैले आकर्षक तलब र सुविधा लिएर आफनो जीवनयापन मज्जैले गरेका छन् । हामी कसैलाई पनि हीनताबोध छैन की समाजमा उपेक्षति र शोषितको नाममा आएको सहयोग हामीले भरपूर प्रयोग गर्न पाएका छौ ।  कति असंवेदनशील छौ हामीहरु ? 

 

Leave Comments