Tuesday 07 July, 2020

गणतान्त्रिक नेपाल : मेरो अनुभूति

गणतान्त्रिक नेपाल : मेरो अनुभूति

गणतन्त्रको प्राप्ति पछिको समयमा देशले ठूलो फड्को मार्ने सबै नेपालीको अपेक्षा थियो ।

राजतन्त्रलाई हटाउन दलहरुले जुन सहमती र ऐक्यवद्धता देखाएका थिए शायद धेरै नेपालीहरुले त्यस्तै प्रकारको सहकार्य र सहमतीको अपेक्षा राख्दै देशले एउटा अग्रगामी परिवर्तन हुने कुरामा विश्वस्त देखिन्थे । गणतन्त्र पश्चातको तीन वर्षमा सबै जनताले आशा राखेका संविधान त बनेन बनेन तर तीन वर्षमा आम नागरिकले सुखद अनुभुति गर्ने कुनै क्षण नै पाए । प्रत्येक दिनजस्तो कुनै न कुनै ठाँउमा हडताल र बन्द, बढ्दो महंगी, साम्प्रदायिकता भड्काउने उत्तेजित भाषणहरु एक अर्कामा गाली गलौज, सत्ता लिप्साको लागि मरिहत्ते हाल्ने प्रवृति सामान्य भइसकेको छ । फलस्वरुपनिरासा र घृणा मात्र जागृत भएको देखिन्छ । यस लेखमा मेरा केही अनुभुति कोर्ने जर्मको गरेको छु ।

अनुभुति १ : गणतन्त्र अघि राजाको सवारी हुदां नाहकमा जनताले ट्रफिक जाम खपेर १/२ घन्टा कुर्नु पर्दा हीनताबोध हुने गथ्र्याे मलाई । तर बोल्नु भनेको आफूलाई संकट निम्त्याउनु बाहेक केही थिएन । २०५२/५३ साल तिरको कुरो हो यो । वेलायतमा उच्च शिक्षा संपन्न गरी नेपाल फर्केको थिए । संयोगवस एकपटक अक्सफोड स्ट्रीट ( लन्डनको व्यस्त स्थान ) मा महारानी एलिजावेथको आगमन भएको थियो । न त्यहां कुनै ट्रफिक रोकियो नत चर्का साइरन बजेर कुनै सवारी नै आए । तर आफ्नो देशमा राजाको भ्रमणमा अनाहकमा ट्रफिक जाममात्र होइन अगाडी पछाडी सुरक्षाको गाडी देख्दा टीठ  पनि लाग्ने गरेको थियो तर आज गणतन्त्रमय देश भइसक्दा पनि त्यसमा कुनै परिवर्तन आएको छैन । प्रधानमंत्री होस् वा राष्ट्र्पतिको भ्रमणमा बाटो रोक्ने अनि सर्वसाधारणले दुख पाउने नियती अझ पनि विद्यमान छ । त्यसभन्दा पनि अझ बढी खडकिने कुरा सुरक्षा संयत्रको दुरुपयोग हो । २०४६ अघि प्रधानमंत्री र मंत्रीको लागि गाडीको अगाडी बस्ने सुरक्षा प्रहरी बाहेक अरु कोही विरलै हुन्थे तर २०४६ पश्चात प्रधानमंत्री, लगायत थुप्रैले सुरक्षाका गाडीहरु अगाढी र पछाडी गुडाएर हिडेको देख्दा हामी नेपालीले कर तिरेको पैसा कत्तिको दुरुपयोग भइरहेको छ भन्ने प्रस्ट हुन्छ । हामीले एउटा पुराना राजा हटाएर धेरै नया राजाहरु सिर्जना गरेका छौ ।

Leave Comments