Thursday 09 April, 2020

गणतान्त्रिक नेपाल र अनुशासनहीनता

गणतान्त्रिक नेपाल र अनुशासनहीनता

नेपाललाई माया गर्ने नेपालीहरुले देशमा गणतन्त्र पश्चातको सुनौलो सपना देख्नेहरुलाई हाम्रा नेताहरुले उल्टो लोप्पा ख्वाइ दिए देशबाट सामन्ती राजतन्त्र फाल्न एक भएका दलहरु आर्थिक विकासको सवालमा एकजुट हुन्छन् भन्ने सबैको अपेक्षा थियो शायद यो ठूलो गल्ती थियो

२०४६ साल पछि १५ वर्षसम्म सत्ता लिप्साको फोहरी खेलका खेलाडीबाट सकारात्मक कदमको सोचाई नै गलत थियो दुई वर्ष भित्र संविधान निमार्ण गर्ने वाचा लिएर निर्वाचित सभासदहरुले दुई वर्षमा संविधान निमार्ण गरेनन् गरेनन्, जनतासंग क्षमा माग्ने कर्तव्य पनि संझेनन् अनि १० पटक सम्म प्रधानमंत्री चुन्न नसकेर संसदीय व्यवस्थालाई हाँसोको पात्र बनाइ दिए दुख लाग्दो कुरा के भने यिनीहरुलाई आत्मागलानी पश्चताप नै राजा सामन्ती भए, अथाह सम्पत्ति जोडे भनेर राजतन्त्र फालियो, नारायणहिटी दरबार संग्राहलयमा परिणत गरियो विगत २० वर्षमा देश जनतालाई चुसेर ठूला ठूला महलहरु, अथाह बैक व्यालेन्स  राख्ने भ्रष्ट्रचारीहरु अहिले पनि छाती फुलाएर हिड्दै छन् यी भ्रष्ट्रहरुलाई यिनीहरुको नया दरबारबाट कसले निकाल्ने, अनि यिनीहरुले गरेको पापको सजाय कसले दिने यसको उत्तर कसले दिने भ्रष्ट सामन्ती नेताहरुले के बुझ्नु जरुरी भने यिनीहरुलाई आम जनता (silent majority) ले कहिले माफी दिने छैनन् अनि इतिहासका पानाहरुमा यिनीहरुको कुकृत्यहरु काला अक्षरका रुपमा लेखिने गणतन्त्र पश्चात भ्रष्टचार घट्नु भन्दा बढेको देखिन्छ , गरीब धनीको खाडल बढ्दै , शान्ती सुरक्षाको स्थिति विकराल हुदां हुदां अब कर्मचारीले तलब नपाउने स्थिति पनि आउन लागेको तर अनुउत्तरदायी अनुशासनहीन नेताहरुलाई यसको कुनै महत्व छैन  

अनुशासनहीनता नेताहरुमा मात्र होइन प्रशासक देखि आम जनताहरुमा पनि व्याप्त शायद यो गणतन्त्रको पुरस्कार हो अहिले देशमा जहा तही अनुशासहीनताका उदाहरणहरु देख्न पाइन्छ शायद जनताहरुले यी कुराहरु नेताबाट नै सिकेका हुन्

ट्राफिक नियम उल्लघंन गर्ने ट्रयाक्सी चालकलाई गाली गर्ने सजाय गर्ने हिम्मत ट्रा्फिक पुलिस संग छैन उल्टो ट्याक्सी ड्राइभरले नै भद्दा गाली दिने गरेको उदाहरण अनेक छन् अनि आफ्नो माग पुरा गर्न विद्यार्थीको पठन पाठन बरबाद गर्ने अनुशासनहीन शिक्षकहरुको कुनै कमी छैन MBBS परीक्षाको प्रश्नपत्र बेचेर सयौं विद्यार्थीको भविष्य खेलवाड गर्ने शिक्षक देखि टीढ लाग्छ

अर्काको जिन्दगीमात्र होइन आफू स्व्यमले पनि अनुशासनहीनताका उदाहरण साधारण व्यक्तिहरुले देखाएको पाइन्छ ८० लाख पर्ने गाडीमा सवार व्यक्तिले चल्दा चल्दै गाडीको झ्यालबाट थुक्ने अनि केराको बोक्रा फालेको दृश्य पनि काठमाण्डौं बासीले देखेका छन् व्यक्तिवादी सोच समाज राष्ट्र्लाई उपेक्षा गर्ने हाम्रो संस्कार भइ सकेको नेताहरु अनि धनाढय वर्ग लाखौ खर्च गरेर आफ्ना सन्ततीलाई विदेश पठाएका छन् अनि निमुखा गरिब जनताका छोरा छोरीलाई मानव अधिकार गणतन्त्रको नारा दिएर हड्ताल, बन्द, जाम गर्न उद्धत गराईरहेका छन् सडकमा प्लेकार्ड बोकेर हिड्ने मध्ये शायद एक जना पनि नेता आर्थिक रुपले संपन्न व्यक्ति देअिदैन सबै निमुखाहरुले नै दखिन्छ जो अरुको भडकाउमा उदण्ड देखिन्छ  

देशप्रतिको अर्का बेवास्ताको उदाहरण पेशेवार समुदायको पलायन पनि हो आफ्नो देशमा बसेर संघर्ष गर्नु साटो विदेशमा दोश्रो दर्जाका नागरिक भएर वस्तुमा नै यिनीहरु रमाइरहेका देखिन्छ अनि रिटायर्ड भएर देश फर्केर ठूला ठूला कुरा गर्ने मौका पाए पद ओगट्ने यिनीहरुको मनशाय देख्दा दया लाग्छ आफ्नो सक्रिय जीवन भर मैले देशलाई केही गरिन, अब सेवा गर्छु भन्ने भावना कहिले देखिदैन

समस्टिगतरुपमा भन्नु पर्दा २०४६ अगाडी जनताका मौलिक हक हित केही कुण्ठित भए पनि अनुशासनहीनता कमै देखिन्थ्यो जनतामा अनुशासनमा रहनु पर्ने वाध्यता थियो २०४६ साल पछि बिस्तारै त्यो भय कम हुदैं गएको देखिन्छ नेताहरुले जे पनि गर्न पाइन्छ भन्ने मनसायले गर्दा भ्रष्टाचारले गति लियो भ्रष्टाचारको आरोप लागेका नेताहरु, प्रशासक सबैले सफाइ पाए यसबाट अप्रत्यक्ष रुपमा भ्रष्टहरुलाई झन हौसला मिल्यो ठूला ठूला महल बन्यो अनि नेताहरुले चिल्ला चिल्ला गाडी चढ्न थाले आम जनता मूक दर्शक भएर बसि रहे भ्रष्टाचारले कानूनी मान्यता पाए सरह भयो अख्तियार दुरुपयोग अनुसन्धान अयोग निरीह प्राणी सरह भयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसरी पाङ्गु बनाएर राख्नु भन्दा विघटन गरिदिनु नै उपयुक्त हुन्छ

            गणतन्त्र पश्चात अनुशासनहीनताले पराकास्ठा नाघेको दिनहु जस्तो चक्का जाम, हडताल, बन्द, झडप सामान्य भएका छन् मंत्रीले कर्मचारीलाई थपड हान्दा पनि केही कारबाही हुने गरेको छैन संविधान बनाउने काम नै नगरी दुई वर्ष सम्म तलब भत्ता खाने नेताहरुलाई आत्मा गलानी छैन अनि सीमित स्वार्थलाई लिएर देश सरकारलाई बन्धक बनाउने नेताहरुको अनुशासनहीनताको कुनै पराकस्ट छैन  

            गणतन्त्र पश्चात अनुशासनहीनता भ्रष्टाचार, अराजकता र अनिस्चितता जुन गतिले बढेको छ, त्यसबाट गणतन्त्रको उपादेयतामा नै प्रश्न चिन्ह खडा भएका छन् । निश्चय पनि गणतन्त्र सत्ता लिप्सा र भ्रष्टाचारलाई बढावा दिन जनताले ल्याएका होइनन् । गणतन्त्र पश्चात सम्पूर्ण नेपालीले समावेशी आर्थिकरुपले समुन्नत नेपालको परिकल्पना गरेका थिए । तर शायद त्यो सपनामा नै सीमित हुने भयो । यदी साच्चै नै यो देशको आर्थिक मुहार फेर्ने हो भने हरेक भने हरेक क्षेत्रमा अनुशासन कायम हुनु जरुरी छ । अनुभवले सिद्ध गरेको छ की गणतन्त्रले अनुशासनलाई ओझेलमा पारेको छ । ओखलढुगाांमा बस्ने एउटा गरीब नेपालीको लागि गणतन्त्र र संघीय लोकतन्त्र भन्दा दुई छाक खाना र स्वास्थ्य अनि शिक्षा बढी महत्वपूर्ण छ । तर अनुशासनहीन यस माहोलमा आर्थिक क्रान्तीको कल्पना फगत हनेछ । गणतन्त्र पश्चात नेताहरुको क्रियाकलाप हेर्दा अब त देशको गणतन्त्रलाई थाति राखेर आर्थिक क्रान्ती गर्ने साहसिक नेताले देशलाई अगामी १० वर्ष शासन गरिदिए राम्रो हुने जस्तो देखिन्छ । यस्तो शासकले आर्थिक क्रान्तीमात्र होइन विगतमा भ्रष्टाचार गरेर कमाइएको रकमबाट बनाइएका दरबारबाट भ्रष्टहरुलाई हटाउने र यिनीहरुको रकम जफत गर्ने पनि गर्नु पर्छ । नेपाली जनताले धेरै धैर्यता ग्रहण गरि सकेका छन् । जुनसुकै बेला पनि धैर्यको बाध टुट्न बेर छैन । नेताहरुले यो कुरा बुझ्न जरुरी छ । धैर्यको त्रांध टुट्यो भने जसरी जनताको भेलले राजतन्त्रलाई बगाएको थियो त्यसरी नै यी नेताहरुलाई बगाउने छन् ।

Leave Comments